CLASSICTECH NET

पूर्वेली सुपर मोडलको पहिलो अडिसन सम्पन्न

खबर पूर्वाञ्चल, ८ मंसिर २०७५, शनिबार १९:३९

विराटनगर / हरेक बर्ष विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको यस बर्षको संस्करण अन्तरगत अडिसनको कार्य शुरु भएको छ ।

आज विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए । ए वान इन्टरटेनमृन्ट एण्ड फिल्मस् प्रालिको आयोजना गर्ने मिस पूर्वेलीमा सुनसरी,मोरङलगायतका जिल्लाबाट आएका प्रतिष्पर्धीले अडिसनमा सहभागिता जनाएका थिए । मिस पूर्वेलीका संयोजक सौरभ राजभण्डारीका अनुसार सुनसरीको धरान, इटहरी, झापाको दमकमा यसै साता अडिसन हुने कार्यक्रम तय गरिएको छ । साथै आउने शनिबार बिराटनगरमा अर्को अडिसन हुनेछ ।

पहिलो अडिसनमा पूर्व क्रिकेटर तथा युवा उद्यमी पारस लुनिया, बरिष्ठ फोटोग्राफर रोसन श्रेष्ठ, यूवानेत्री सन्तोषी श्रेष्ठ, मेक अप आर्टिस्ट रक्तिम प्याकुरेल र डे«स डिजाइनर जिता गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

खिचिक्क फोटो फ्क्याट्री र भिजअल बिज्ञापन एजेन्सीकोको सह आयोजनामा हुने सातौ संस्करणको अन्तिम चरणमा २५ जना युवतीले सहभागिता जनाउने छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयोजन गर्ने यस बर्षको मिस पूर्वेलीमा चर्चित कोरियाग्राफर सृजना रेग्मीले कोरियोग्राफी गर्नेछिन् ।

पौष १४ गते हुने फाइनलमा बिजेता हुनेले २ लाख ५० हजार नगदसहित अन्य उपहार प्राप्त गर्नेछन् भने इन्डोनेसियाको भम्रणको अवसर प्राप्त गर्नेछन् । त्यसैगरि फस्ट रनर अपले १ लाख र सेकेन्ड रनर अपले ५० हजार सहित इन्डोनेसियाको भम्रणको अवसर प्राप्त गर्नेछन् ।

ए वान इन्टरटेनमेन्टका अध्यक्ष किरण लामाका अनुसार प्रतिष्पर्धालाई भब्य बनाउन सबैको सहयोगको अपेक्षा गरे । उनले नेपालमा नै सर्वाधिक पुरस्कार राशीको ब्युटि प्याजेन्ट भएको समेत दावी गरे ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५