पूर्वाञ्चल खबर
आज सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा आयोजित संयुक्त निर्देशन कार्यक्रममा एआईजी मगरले कोशी प्रदेशअन्तर्गत रहेका ४२ वटा सशस्त्र प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गर्दै सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध ओसारपसार, लागूऔषध कारोबारलगायत सबै प्रकारका सीमा अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।
सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार एआईजी मगर कोशी प्रदेशमा शान्ति सुरक्षा, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कार्यसम्पादन अवस्था तथा मनसुनजन्य विपद् प्रतिकार्य तयारीको आकस्मिक अनुगमन तथा निरीक्षणका क्रममा प्रदेश भ्रमणमा रहेका छन्।
निर्देशनका क्रममा उनले सरकारको शून्य सहनशीलताको नीतिअनुसार आर्थिक अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै राजस्व अभिवृद्धिमा योगदान पुर्याउनुपर्नेमा जोड दिए। साथै सीमा क्षेत्रमा हुने सबै प्रकारका गैरकानुनी गतिविधि नियन्त्रणका लागि उच्च सतर्कताका साथ परिचालित हुन र कार्यक्षेत्रमा आचरणविपरीत काम गर्ने कर्मचारीमाथि नियमअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनीसमेत दिएका छन्।
एआईजी मगरले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको भूमिकालाई अझ प्रभावकारी, छिटोछरितो र जनमुखी बनाउन आवश्यक पूर्वतयारी गर्न, स्रोत–साधनको उचित व्यवस्थापन गर्न तथा दक्ष जनशक्तिको परिचालनमा विशेष ध्यान दिन निर्देशन दिए। उनले स्थानीय प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वयलाई थप सुदृढ बनाउँदै मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न पनि मातहतका कार्यालय प्रमुखहरूलाई आग्रह गरेका