पूर्वाञ्चल खबर
उद्योग भित्र काम गर्ने कामदारले अवैध रुपमा गाँजा भित्रयाएर विक्री गर्दै गर्दा प्रहरीले एक भारतीयलाई पक्राउ गरेपछि यस्तो खुलसा भएको हो ।
आनन्द ईटा उद्योगको ईट्टा भट्टामा लेवर काम गर्ने भारत बंगाल कुसबिहार वस्ने ३० वर्षिय हेमन्त बर्मनले उद्योग परिसर भित्र गाँजाको कारोबार समेत गर्नेे गरेको अनुसन्धानबाट खुलेको छ । उद्योग भित्रको क्यान्टिन समेत चलाउने गरेका उनले बाहिरबाट गोप्य रुपमा गाँजा माग गर्ने र भित्र काम गर्ने कामदारलाई विक्री गर्ने गरेको प्रहरीले जनाएको छ । गाँजाको कारोबार गर्न माहिर रहेका हेमन्तले उद्योग भित्र रहेको क्यानटिनमा गाँजा भरेर एक चिलिमको भारु ५० रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलको छ ।
करिब एक हजारको संख्यामा मजदुर रहेको उक्त उद्योगका धेरै पुरुष कामदारहरूलाई गाँजा भरेर पैसा लिदै चिलिमको हिसाबले विक्री गर्थे ।
ईटा उद्योग भित्र गाँजाको कारोबार गर्ने गरेको इलाका प्रहरी कार्यालय रङ्गेलीलाई गोप्य सूचना आएपछि छापा मार्दा प्रहरीले विक्री गर्ने रातो झोलामा प्याक गरी लुकाई राखेको लागु औषध गाँजा साढे दुई केजी सहित कारोबारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए ।
‘उद्योग भित्रको क्यान्टिनमा छापा मार्ने क्रममा गाजा फेला प¥यो,’ इप्रका रङगेलीका प्रमुख,’ कार्कीले भने, ‘बुझदै जाँदा पक्राउ परेका व्यक्तिले नेपाल र भारतबाट गाँजा मगाउने गरेको खुलेको छ ।’ पक्राउ परेका भारतीय नगरिकलाई लागू औषध अन्तर्गत म्याद थप भई थप अनुसन्धान भईरहेको छ ।
मेयर भन्छन् – प्रहरी पुगेपछि मात्र थाहा पाए
रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया उद्योगी हुन् । मारवाडी पृष्ठभूमिबाट राजनीतिमा आएका मेयर बगडिया प्रहरीले मजदुरलाई पक्राउ गरेपछि मात्र आफ्नो उद्योगमा गाँजा कारोबार भएको थाहा पाएको बताए । ‘मैले पनि प्रहरी पुगेपछि मात्र थाहा पाए,’ उनले भने, ‘ गलत गर्ने जो कोहीलाई कानून अनुसार कारवाही हुनुपर्छ ।’
बगडीयाका अनुसार कात्तिकबाट सुरु नयाँ सिजनका लागि काम गर्न बर्मन केही दिनअघि मात्र आएका हुन् । ८-१० दिनअघि बर्मन परिवारसहित आएको बगडीयाले बताए ।
इँटा उद्योग वर्षामा बन्द हुन्छन् । कात्तिक मंसिरबाट सुरु हुने नयाँ सिजनका लागि भारतबाट परिवारसहित मजदुर आउने गरेका छन् । मेयर बगडीयाको भट्टामा काम गर्न ७०० भन्दा बढी मजदुर भारतबाट आएका छन् ।