पूर्वाञ्चल खबर
बुढीगंगा गाउँपालिकाको टंकिसिनुवारी चौक, मिलन चौक, बाँसबारी, गोकुवा, नेमुवा चौक र सख्मामा बालबालिकाहरुले देउसी भैलोसँग सम्बंधित नृत्य र संगीतको अत्यंत मनमोहक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेक थिए । ूसंस्कार तथा संस्कृति सहितको शिक्षाू अन्तर्गत हाम्रो मौलिक संस्कृति, चाडवाड र परम्परासँग विद्यार्थीहरु लाई परिचित गराउँन उक्त देउसी भैलो कार्यक्रमको आयोजना गरिएको वाल क्लबकी अध्यक्ष एलिना खतिवडाले बताइन ।
कार्यक्रममा कक्षा ५ देखि कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । वाल क्लबकी सचिव एन्जिला पौडेलले कार्यक्रममा उपस्थित अपार जनसमूहलाई २०७५ सालको तिहार तथा छठको शुभकामना दिनुका साथै कार्यक्रमको महत्वबारे प्रकाश पारेकी थिइन् ।