पूर्वाञ्चल खबर
उद्योग परिसरमै रहेको क्वाटरमा बस्दै आएका उनलाई एक्कासी उद्योग प्रवेशमा निषेध गर्दै कुटपीट गरेर निकालिएपछि आफ्नो भएभरको सामाग्री समेत लिने अवसरबाट बन्चित हुनु परेको उनले गुनासो पोखे । उनका अनुसार आफु बस्दै आएको क्वाटरको कपडाहरूसमेत जलाइदिएको बताए । कामदार इन्द्रजीतलाई निर्घात कुटपिट गरि उद्योग प्रवेशमा निषेध गरिएको पीडितको गुनासो छ ।
असुरक्षीत भएको महसुस गर्दै पीडितले दिएको निवेदन दर्ता गरि जिल्ला प्रहरी कार्यालय मोरङमा उक्त निवेदन पठाएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशराज पाण्डेले बताए । प्रहरीलाई सुरक्षाको व्यवस्था मिलाउन मंगलबारनै निवेदन पठाइसकेको उनले बताए । उक्त उद्योगको मुख्य संचालक रहेका सिंघलले यस अघि पनि उद्योगमा कार्यरत कामदारमाथि बारम्बार दुव्र्यवहार तथा कुटपिट हुने गरेको घटना बाहिर आएको छ । सिंघलले कुटपीट गरि कामबाट निकालि दिने समेत गरेका थिए ।
उद्योगका मालिक सिंघद्वारा यस अगाडी पनि पाँचजना मजदुर तथा कामदारलाई कुटपीट भएको थियो । छैटौं दुव्र्यवहार सहने कामदारको रुपमा इन्द्रजीत रहेका छन् । यस अगाडी उद्योगमा कार्यरत नेपाली कामदार धिरेन लामा, बलराम काफ्ले, प्रकाश साह, हरीहर यादव र शंकरलाई सिंघलले दुव्र्यवहार गरिसकेका छन् । उद्योगी पहुँचवाला भएका कारण पीडितले प्रहरीमा उजुरी गर्न जाने आँट गर्दैनन् । बारम्बार कुटपीट तथा दुव्र्यवहार सहनु पर्ने बाध्यता रहेका मजदुर तथा कामदारले श्रम कार्यालयमा उजुरी दिने र क्षतिपूर्ती मागदावी गर्दै आएका छन् ।
आरती स्ट्रिका निर्देशक संजीव शर्माले कुटपिटका सम्बन्धमा अस्वीकार गरेका छन् । उनले कामदार माथि भएको कुटपिटको विषयमा आफुलाई केही थाहा नभएको बताए । यता कामदारमाथि कुटपिट गर्ने सिंघलसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।