AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरको देउसी भैलो कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०७५, मंगलवार १७:२२
3
Shares
विराटनगर / कोशी विद्या मन्दिरको रजत जयंतीको अवसर पारेर तिहार एवं छठ पर्व को पूर्व संध्यामा देउसी भैला कार्यक्रमको आयोजना गरेको छ ।

देउसी भैला कार्यक्रममा कक्षा ५ देखि कक्षा ९ सम्ममा अध्ययनरत विद्यार्थीशरु सहभागिता रहेको थियो । विराटनगरको ट्राफिक चौक, देवकोटा चौक, शान्ति चौक र न्युरो हस्पिटल चौकमा उनीहरुले देउसी भैलोसँग सम्बंधित नृत्य र संगीतको अत्यंत मनमोहक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । कार्यक्रम विद्यार्थीहरु लाई हाम्रो मौलिक संस्कृति, चाडवाड र परम्परासँग विद्यार्थीहरु लाई परिचित गराउँन आयोजना गरिएको विद्यालयका निर्देशक राजेशकुमार दासले बताए ।

विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले कार्यक्रममा उपस्थित अपार जनसमूहलाई तिहार तथा छठको शुभकामना दिनुका साथै कार्यक्रमको महत्वबारे प्रकाश पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर