AArya
RUMPUM
animated ellipse animated ellipse

आफन्तको कुटाइबाट महिला गम्भिर घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ कार्तिक २०७५, मंगलवार १९:३३
3
Shares
विराटनगर / मोरङको रतुवामाई नगरपालिका– ५ की २५ बर्षिय जुना खडका बुढाथोकीलाई आफन्तले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

सामान्य घरायसी बिवादमा श्रीमान तेजबहादुरले उकासेर जेठाजु सुवोध, आमाजु दिदी भगवती र भजित विधुर खड्काले कुटपिट गर्दा बुढाथोकी घाइते भएकी हुन् ।
कुटपिटबाट उनको अनुहार, टाउँको हातमा गहिरो चोट लागेको छ । उनीहरूले जुनालाई चक्कु समेत प्रहार गरेका छन् । घाइते भएकी जुनाको विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा थप उपचार भइरहेको दाजु मोहन बुढाथोकीले जानकारी दिए ।

घरमा बिवाद हुँदा जेठाजु सुबोध र जेठानी भगवती भतिज बिदुरलाई कुटपिट गर्न लगाएको दाजु मोहनले बताए । छोरीसँग कोठामा बसीरहेको बेला आफूमाथी कुटपिट भएको उनले बताइन् । उनीमाथी कुटपिट हुदा उनका श्रीमान तेजबहादुर घास काट्न बाहिर गएका थिए ।

इलाका प्रहरी कार्यालय सिजुवाले कुटपिट गरेको आरोपमा भगवती र सुबोधलाई नियन्त्रणमा लिएको छ । बिदुर भने फरार छन् । प्रहरीले उनको पनि खोजी गर्दै आएको छ । प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले सामान्य घरायसी विवाद हुदा कुटपिट भएको बताए । प्रहरीले यस अघि पनि खड्का परिवारमा भएको झगडामा मेलमिलाप गराएको थियो । उनले पक्राउ परेकाहरुसँग सोधपुछ गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर