पूर्वाञ्चल खबर
उपचारका क्रममा तीन महिने शिशुका मृत्यु भएपछि अस्पतालको बिल तिर्न नसक्ला सप्तरी भारदरहकी रेनुदेवी खड्गा र उनकी आमा सीतादेवी मण्डललाई विराटनगरमा रहेको आरके चिल्ड्रेन हस्पिटलले बन्धक बनाएको हो ।

सप्तरी भारदह घर भएकी रेनुदेवी खड्गाकी तीन महिनाकी छोरी निशाकुमारीको उपचार खर्च जुटाउन नसक्दा रेनुदेवी र उनकी आमा सितादेवी मण्डल अस्पतालमा बन्धक भएका हुन् । असोज ३१ गते तीन महिना छोरीलाई उच्च ज्वरो आएपछि रेनुदेवीले स्थानीय क्लिनिकमा जाँच गराएकी थिइन् । क्लिनिकले निमोनिया भएकाले ठूलो अस्पताल लैजान भनेपछि कोशी अञ्चल अस्पताल ल्याएका थिए । तर कोशी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि निशालाई आरके चिल्डेन हस्पीटल विराटनगरमा भर्ना गरिएको थियो ।
अस्पतालमा ११ दिन भेन्टीलेसनमा राखेपछि आइतबार मृत घोषणा गरेको थियो । आइतबार मृत्यु भएपछि शुल्क तिर्न ताकेता गर्दै अस्पतालले आमा छोरीलाई अस्पताबाट बाहिर जान नदिएको हो । भेन्टीलेटनमा राखेर उपचार गर्दा १ लाख ७० हजार रुपैया बिल उठेको अस्पतालले जानकारी दिएको छ ।
‘अस्पतालमा ६० हजार र फार्मेसीमा २० हजार बुझाएका छौ ।’ सितादेवीले भनिन ‘ अझै १ लाख १६ हजार दिनुपर्छ भन्छन् ।’ आफूहरुसँग अस्पताललाई बुझाउँने थप रकम नभएको उनले गुनासो गरिन् ।
अस्पतालले तीन दिन देखि आमा छोरीको निरगानीकालागि सुरक्षा गार्ड परिचालन गरेको छ । रेनुका श्रीमान रविशंकर बैदेशिक रोजगारीकालागि मलेसियामा छन् ।
यता अस्पताल प्रशासनले भने उपचार खर्च नतिरेका कारण मृतकका आफन्तलाई रोकेर राखेको जानकारी दिएको छ । अस्पतालमा मृतक शिसुकी मावली पक्षका मान्छे मात्र उपस्थीत छन् । घर पक्षका आफन्त भने शुल्क तिर्न पर्छ भनेर अस्पतालबाट गैसकेको अस्पताल प्रशासन प्रमुख धिरज मैनालीले जानकारी दिए । अस्पतालले केही शुल्क छुट दिने तर सम्पूर्ण उपचार खर्च मिनाह गर्न नसक्ने मैनालीले बताए ।