RUMPUM
animated ellipse animated ellipse

बानियाँ केन्द्रीय सदस्यमा मनोनित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०७५, सोमबार २०:२७
3
Shares
विराटनगर / मोरङ जिल्ला टेबुल टेनिस संघका पूर्व अध्यक्ष अनुज बानियाँलाई केन्दी्रय सदस्यमा मनोनित गरिएको छ ।

टेबुल टेनिसको विकासमा लामो समय देखि महत्वपूर्ण योगदान गर्दै आएको भन्दै अखिल नेपाल टेबुल टेनिस संघले विधान बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर गौतमले जानकारी दिए । बानियाँ २०६९ टेबुल टेनिसको जिल्ला अध्यक्ष भएका हुन् । बानियाँ टेबुल टेनिसको भेट्रान नं. १ खेलाडी समेत हुन् । उनले ४ वटा राष्ट्रिय स्तरको प्रतियोगिता र सातौं राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाएका थिए । हाल उनी जिल्ला खेलकुद विकास समिति मोरङको सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर