RUMPUM
animated ellipse animated ellipse

धरान भेट्रान अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०७५, सोमबार २०:१५
3
Shares
धरान(रातो) लाई ट्याकर गर्दै आयोजक(निलो)का खेलाडि । तस्वीर -पुष्पराज थपलिया
विराटनगर / प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको आजको खेलमा विजयी भई सुनसरीको धरान भेट्रान क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
विराटनगरको सहिद रंगशालामा भएको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा डिफेन्डिङ च्याम्पियन धरानले आयोजक सिएमजी क्लबको चुनौती ३–१ गोल अन्तरले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलको पहिलो गोल आयोजकका कप्तान रोहित कोइरालाले गरे । त्यसपछि धरानले दबाबमा राख्दै सतिश केसीले २ गोल र राकेश राईले १ गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा पक्का गरे ।

खेलको १६ औं मिनेटमा आयोजकका कप्तान कोइरालाले गोल गरे । निराजन बस्नेतले गरेको प्रहारलाई गोलरक्षकले क्लियर गर्न खोज्दा बल गोललाइनतर्पm जाँदै गरेको बललाई कोइरालले फिनिसिङ टच गरेका थिए । त्यसको लगत्तै धरानले १८ औं मिनेटमा डि–बक्सभित्र पाएको बललाई सदुपयोग गरी गोल गर्दै बराबरी पारे । २४ औं मिनेटमा धरानका सतिश केसीले कर्नर नजिकबाट गरेको क्रसपासमा प्रेम घिमिरेले गरेको प्रहार पोलमाथि लाग्दै बाहिरियो । २७ औं मिनेटमा धरानका सतिशले पुन ः गोल गर्दै अग्रता दिलाए । उनले मिलन श्रेष्ठले मिलाइ दिएको पासमा गोल गरे । धरानका राकेश राईले ३३ औं मिनेटमा बक्सभित्रबाट गरेको कडा प्रहारलाई गोलरक्षकले विफल पारे ।

६९ औं मिनेटमा धरानका राकेश राईले गोलरक्षक अघि बढेको मौकामा गोल गरे । लगत्तै आयोजकाका विजय भूजेलले गरेको फ्रिकिक पोलमा लागेको थियो ।

खेलको म्यान अफ द म्याच धरानका सतिश कोसी घोषित भए । मंगलबारको खेल झापाको काँकरभिट्टा र मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर