AArya
RUMPUM
animated ellipse animated ellipse

‘पुरानो बुलेट’को टिजर सार्वजानिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ आश्विन २०७५, आईतवार २०:२६
3
Shares
चलचित्रप्रेमीहरु अशोक साम्पाङ राई, टिकाराम राई, विरेन सांवा र दिपेन लिम्वुको निर्माणमा बनेको चलचित्र ‘पुरानो बुलेट’ नेपाली चलचित्रको टिजर हाइलाइटनेपाल मार्फत् सार्वजानिक गरिएको छ । टिजरमा चलचित्रको टाइटललाई मात्र फोकस गरी पुरानै बुलेटलाई देखाईएको छ तर कलाकारहरुलाई भने देखाईएको छैन ।

निर्देशक भीषण राईको निर्देशन रहेको यो चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखीया, शिरोमणी दवाडी, बारात लिम्वु, बादल श्रेष्ठ, करण धिताल तथा लक्षणा राईको मुख्य भूमिका रहेको छ ।

निर्माता अशोक साम्पाङ राईका अनुसार चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, वेरोजगार र युवा पिढिको देशभक्त प्रेम आदीको कथालाई देखाइनेछ । निर्देशक भीषण राईका अनुसार चलचित्रको कथावस्तु नेपाली जनजीवनलाई नजिकबाट खोतलिएको बताए ।

प्रेम कथामा उनिएको यो चलचित्र पारिवारीक रमाईला हाँस्यव्यंग्य भरिएको निमार्ताहरूको दाबी छ । प्रायः बुलेट चढ्ने युवा देख्दा जोकोहीले उनीहरुलाई जिम्मेवारीविहिन ठान्छन् तर उनीहरु पनि परिवार र देशप्रेमी हुनसक्ने कुरालाई पस्कन खोजेको कार्यकारी निर्माता सन्तोष राईले बताए । चलचित्रको प्रर्दशन मिति भने दशैंपछि एउटा गीत सार्वजानिक गर्दै तोकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर