पोषणमा लगानी बढाउन स्वास्थ्यकर्मीको जोड

खबर पूर्वाञ्चल, १२ असार २०७९, आईतवार १८:०२
171
Shares
विराटनग / राज्यले पोषणमा लगानी बढाउनुपर्ने एक कार्यक्रममा स्वास्वास्थ्यकर्मीहरूले बताएका छन् ।

राज्यले पोषणमा प्रयाप्त बजेट बिनायोजन नगरेको कारण कुपोषण र खियाउटेको संख्यामा वृद्धी आएको भन्दै उनीहरूले पोषणमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

स्वास्थ्य कार्यालय मोरङको आयोजनामा विराटनगरमा आजदेखि सुरू भएको पोषण सम्बन्धी अभिमुखिकरण तथा पैरवी कार्यक्रममा बोल्दै डा. सुरेश मेहताले सन्तुलित भोजनको अभाव, कम उमेरमा बच्चा जन्माउनु, गर्भवती र शिशुले स्याहार सुसार नपाउनुलगायत कारण कुपोषणको समस्या देखा परेको बताए ।

स्वास्थ्यसम्बन्धी सचेतनाको अभावका कारण कम उमेरमा बच्चा जन्माउनु, जन्मिएको बच्चालाई नियमित स्तनपानमा नगराउनु, खानपिन र स्याहार सुसारमा ध्यान नदिनुलगायत कारण कुपोषण बढ्दै गएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख समेत रहेका डा. मेहताले बताए ।
‘आर्थिक अवस्था कमजोर हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सन्तुलित भोजन खाँदैनन्,’ उनले भने, ‘अधिकांशले पेट भर्ने हिसाबले मात्र खाना खाँदा पनि कुपोषण घट्न नसकेको हो ।’ उनका अनुसार तेही भएर प्रदेश, स्थायिन सरकारले पोषणमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार प्रदेश १ मा २५ प्रतिसत बालवालिकाहरुमा कुपोषण देखिएको बताए । ‘४५ प्रतिशत मृत्युको कारण कुपोषण तथ्याकहरूले देखाएको छ,’ डा. मेहताले भने, ‘अहिले प्रदेश १ को तराइको क्षेत्रहरूमा कुपोषण बढी देखिएको छ । कुपोषण हुन निदन राज्यले पोषणमा लगानी बढाउनुपर्ने देखिन्छ ।’ उनका अनुसार प्रदेश १ मा १४ प्रतिशत खियाउटे रहेको जानकारी गराए । ‘उमेर अनुसारको हाइट र तौल नहुनुलाई खियाउटे भन्निछ,’ डा. मेहताले भने ।

कार्यक्रममा बोल्दै प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलले खानपीनमा ध्यान दिन सकेमात्र कुपोषणबाट बालवालिकाहरुलाई बचाउन सकिने बताए । कुपोषण हुन नदिन सचेता जोगाउन पनि जरुरी रहेको उनले बताए ।
सोमबारसम्म संचालन हुने गोष्ठिमा मोरङका १७ वटा स्थानिय तहका प्रमुख, उपप्रुमख, अध्यक्ष र उपाध्यक्षहरूको सहभागिता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५