AArya
RUMPUM
animated ellipse animated ellipse

८ महिनामा ९ पटक मूल्यवृद्धि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ आश्विन २०७५, बिहीबार ०७:३३
3
Shares
काठमाडौं । दुई तिहाइको बहुमत भएको सरकार हुँदा मुलुकमा इन्धनको भाउ आठ महिनामा नौपटक बढेको छ । २० फागुन २०७४ मा १०३ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोल ९ पटक भाउ बढ्दा ११ रुपैयाँ बढी भएर ११४ रुपैयाँ पुगेको छ ।

यस्तै, ८५ रुपैयाँ रहेको मट्टितेल र डिजेलको भाउ १०१ रुपैयाँ पुगेको छ । १३७५ रुपैयाँको ग्यास १४०० रुपैयाँ भएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेको छ ।

यति हुँदाहुँदै पनि नेपाल आयल निगम भने एक महिनामौ थप एक अर्ब रुपैयाँ घाटामा छ । पछिल्लो अढाइ महिनामा निगम एक अर्ब रुपैयाँ घाटामा पुगेको हो । उसो त एक वर्षमा तेलको चुहावट हेर्ने हो भने पनि एक अर्ब रुपैयाँ बराबर नै पुगेको छ । आयल निगमको अनियिन्त्रित प्रशासनिक खर्च, चुहावट नियन्त्रणमा अकर्मण्यता, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र भारतमा इन्धन महँगो हुँदा नेपालमा पनि इन्धनको मूल्य बढेको हो । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर