CLASSICTECH NET

सुन तस्करी र हत्या प्रकरण : पूर्व डिआइजी निरौलालाई पनि थुनामुक्त गर्न आदेश

खबर पूर्वाञ्चल, ११ आश्विन २०७५, बिहीबार १९:४४

विराटनगर / ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले पूर्व डिआइजी गोविन्दप्रसाद निरौलालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

उच्च अदालतको ४ नम्बर इजलासका न्यायाधीशद्धय शारङ्गगा सुवेदी र जनक पाण्डेले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्ट्याउँदै निरौलालाई साधारण तारेखमा छोड्न आदेश दिएका हुन् ।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिदा निरौलालाई साधारण तारेखमा राखि मुद्दाको कारबाही अगाडी बढाउन आदेश आएको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए । मुलुकी ऐन अदालती बन्दवस्तीको ४७ नम्बर बमोजिम साधरण तारिकमा छोडन केसीलाई आदेश दिएको उनले बताए ।

निरौलाले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारेखमा छोडन माग राख्दै असार ७ गते अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए । निरौला अवकास प्राप्त डिआइजी हुन् । निरौलाले सुन तस्करी तथा हत्या मुद्दाको मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सहयोग गरेको थिए । उनीहरुको घरसमेत एकै ठाउँमा हो । निरौला डिआइजी रहदा अवैध रुपमा सुन तस्करी गर्न गोरेलाई सहयोग गर्ने गरेको उनीमाथि आरोप लागेको थियो । यस प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो । उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो ।

यस अघि उच्च अदालतले तीन जना उच्च ओदाका प्रहरीलाई जिल्लाको आदेश उल्टयाउँदै साधारण तारेखमा छोडन आदेश दिएको थियो । निलम्बित एसएसपी दिवेश लोहनी, एसएसपी विकासराज खनाल, डिसएपी प्रजित केसीलाई साधारण तारेखमा छोडेका हुन् । यस अघि अभियुक्त्तहरु निलम्बित डिएसपी सन्जय राउत , तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालत बिराटनगरले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको छ । त्यस्तै टेकराज मल्ल, राजनकुमार, महाबिर गोल्यान, सम्बिरप्रसाद तोलांगे, लुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजन थापा, थुनामै राख्न आदेश दिएको छ ।

गोरेका सहयोगी रामकुमार तिवारीलाई ५ लाख धरौटीमा थुनामुक्त्त गर्न आदेश दिएको छ । निलम्बित प्रहरी जवान बिष्णुबहादुर खडका र प्रहरी हवल्दार अम्मरबहादुर थापाको हकमा जिल्लाको आदेश उल्ट गरेर थुनामा राख्न आदेश उच्च अदालले दिएको थियो ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५