RUMPUM
animated ellipse animated ellipse

सिमा क्षेत्रमा गम्भीर अपराध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०७५, सोमबार ०९:१७
3
Shares
विराटनगर / गत साउन १८ गते विराटनगर महानगरपालिका– १४ स्थीत निर्माणाधिन रेल्वेट्रयाक मुनी जमेको पानीमा नग्न अवस्थामा युवतीको शव भेटियो । अन्दाजी २५–३० बर्षको जस्तो देखिने शव भेटिएको दुई महिना बितेपनि पहिचान भएको छैन् । शव भेटिएको स्थल भारतीय सिमाबाट करिब पाच किलोमिटर उत्तर तर्फ हो ।

बिहिवार हरिनगर २ भुटाहामा स्थानीय ५० बर्षिय खुर्सिद आलम अन्सारीको दिनदहाडै हत्या गरी अपराधिक समुह ९ किलोमिटर क्षेत्र पार गर्दै भारत प्रवेश गरे । भुटाहाबाट दुईवटा मोटरसाइकलमा आएका चारजनालाई गोली प्रहार गरी भारत प्रवेश गर्न २० मिनेटपनि लागेन् ।

आइतबार विराटनगर– १८ रानी छाला प्रशोधन उद्योग नजिकै भित्री सडकको ह्युमपाइप भित्र सडिएको अवस्थामा युवकको शव भेटियो । पहिचान गर्न नसकिने अवस्थामा भेटिएको शव ह्युमपाइपबाट निकाल्न प्रहरीले स्काभेटरको सहायता लिनुपरेको थियो । घटना स्थलबाट भारतीय सिमा करिब दुई किलोमिटर टाढामात्र छ ।

माथीका तीन घटना प्रतिनिधी हुन् । खुला सिमाका कारण सिमा क्षेत्रमा अपराधिक घटनाहरु बढ्दो क्रममा छन् । खुला सिमाका कारण लागुऔषध, तस्करी, चोरीका घटना दैनिक जसो हुन्छन् । खुला सिमा भएका कारण अपराध गर्नेहरु सहज रुपमा भाग्ने गरेका छन् ।

गत साउन १८ गते भेटिएको युवतीको शव पनि भारतबाटै ल्याएर फालिएको हुन सक्ने मोरङ प्रहरीको अनुमान छ । आइतबार भेटिएको युवकको शव पनि उतैबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । शव भेटिएपछि घटना स्थलमा आशपासका स्थानीयबासीको ठूलो संख्यामा उपस्थीति थियो । तर शवको पहिचान कसैले गर्न सकेनन् । शव सडेको अवस्थामा भेटिएको थियो । प्रारम्भीक रुपमा केहीदिन अघि नै हत्या गरेर फालिएको अनुमान गरिएपनि प्रहरीमा आफन्त हराएको भनेर कसैले उजुरी गरेको देखिदैन् ।

मोरङ प्रहरी उपरीक्षक मनोजकुमार केसी दुई महिना सम्म स्वदेशमा शवको पहिचान गर्न खोज्दा नभेटिएपछि भारतीय प्रहरीस“ग शवको पहिचान गर्न समन्वय गरिएको बताउछन् । ‘महिलाको शव पहिचान गर्न भारतीय प्रहरीस“गपनि समन्वय गरीरहेका छौ’ केसी भन्छन ‘ युवकको शव भेटिएपछि सबै अनुसन्धानकापाटाहरु शुक्ष्म रुपमा हेरीरहेका छौ ।’

करिब दुई महिना अघि नग्न अवस्थामा भेटिएकी युवतीलाई बलात्कारपछि हत्या गरेर फालिएको आशंका गरिएको थियो । तर पोष्टमार्टम रिर्पोटले भने पानीमा डुबेर मृत्यु भएको देखाउछ । पोष्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएपनि प्रहरीको अनुसन्धान जारी रहेको केसी बताउँछन् । यो समाचार आजको उद्घोष देनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर