पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका-९ बसपार्क दक्षिण कलेज रोड मोडको भित्री बाटोबाट हाइवेतर्फ आउदै गरेको भारतीय नम्बरको ट्रकले को ५ प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ३० वर्षीय आसु अग्रवालको घटनास्थलमै मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक रंगेली-७ का ३८ वर्षीय मनोज अग्रवाल र उनकी सात वर्षीया छोरी अनिशा घाइते भएका छन् । घाईते दुवैको घटनास्थल नजिकै रहेको सप्तकोशी नर्सिङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
त्यस्तै सोही दिन मोरङको कानेपोखरी गाउँपालिका ७ कानेपोखरीमा दुर्घटनना हुँदा धरान १ की ५५ की ललिता अग्रवालको मृत्यु भएको छ । पुर्व – पश्चिम राजमार्ग अन्गर्तत बा १९ च ६१२२ नम्बरको कार अनयन्त्रित भइ सडकमा पल्टिदा चालकसहित अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ । कार चालक चितवनना ३२ वर्षिय अनिल अग्रवाल, सवार धरानका ८१ वर्षिय विश्वनाथ अग्रवाल, सोही ठाउँकी गीत अग्रवाल र बरुण अग्रवाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको विराटनगर स्थित न्युरो हस्पिटलमा उपचार भइरहेको छ ।