AArya
RUMPUM
animated ellipse animated ellipse

सत्यनारायण स्कूललाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०७५, शनिबार २१:२६
3
Shares
पुष्पराज थपलिया
विराटनगर । इन्द्रेणी यूवा क्लबको आयोजनामा विराटनगरमा जारी अन्तर स्कूल क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कूल विजयी भएको छ ।

आज विराटनगरको डिग्री कलेजको खेल मैदानमा भएको खेलमा सत्यनारायणले श्रीजना स्कूललाई ३६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरको खेलमा १५ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १ रनको सामान्य योगफल खडा गरेको थियो । सत्यनारायणका लागि जयन अलीले २३ रन, निकीत साहले १६ रन र माजिद शेखले १४ रनको योगदान दिए । श्रीजनाका आमोद मेहताले ह्याट्रिकसहित ६ विकेट लिए ।

जवाफमा १ सय २ रनको विजयी लक्ष्य पछ्याएको श्रीजना १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ६५ रनमा सिमित भयो । श्रीजनाका उक्त चौधरीले ११ रनको योगदान दिए । सत्यनाराणका राज केशरीले ३ विकेट तथा रोशन भट्टराई र माजिद शेखले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच श्रीजनाका आमोद मेहता घोषित भए । आइतबारको खेल विनायक स्कूल र आइडल स्कूलविच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर