पूर्वाञ्चल खबर
विराटनगरमा आज पत्रकारसम्मेलन गर्दै नेपाल ट्रेड युनियन महासंघ, नेपाल टे«ड युनियन कांग्रेस, अखिल नेपाल टे«ड युनियन महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघका प्रतिनिधिहरुले यस्तो चेतावनी दिएका हुन् । ७ दिनभित्रमा आधारभूत पारिश्रमीक ८ हजार ४ सय ५५, महँगीबाट ४ हजार ९ सय ९५ गरी १३ हजार ४ सय ५० रुपैयाँ मासिक र दैनिक पारिश्रमीक र महँगीबाट गरेर ५ सय १७ दिनुपर्ने नेताहरुले बताएका छन् । त्यसका अलावा श्रम ऐन २०७४ ले दिएका सेवा सुविधाहरु, औषधि, बिमालगायतको कानूनी व्यवस्था लागू गर्न पनि नेताहरुले माग गरेका छन् ।
नेपाल ट्रेड युनियन महासंघका १ नं. प्रदेश अध्यक्ष किशोर धमलाले सरकारले गत साउन १ गतेदेखि लागू हुने गरि निर्धारण गरेको न्युनतम पारिश्रमीक हालसम्म पनि कार्यान्वयन नगरेको बताए । पत्रकार सम्मेलनमा नेपाल समाजवादी टे«ड युनियनका नेता तेजलाल कर्णले उद्योगीहले कुनै पनि बाहानामा नेपाल सरकारले तोकेको पारिश्रमीक नदिने भनेर सार्वजनिक अभिव्यक्ति गैर जिम्मेवार रहेको बताए । उनले अहिलेसम्म नीजि अस्पताल, निजी विद्यालय, सेक्युरिटी कम्पनी, डिपार्टमेन्ट स्टोर तथा उद्योगहरुमा अझै पनि बाहानाबाजी गरिरहेको समेत बताए । अब पनि लागू नगरे संयुक्त टे«ड युनियन आन्दोलनमा जाने चेतावनी दिए ।