पूर्वाञ्चल खबर
महाधिवेशनको एक नम्वर प्रदेशका मुुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । महाधिवेशनको वन्दशत्रमा नयाँ नेतृत्व चयनसंगै उधोगमा वालश्रम अन्त्यको घोषणा, श्रम नियमावली, पशुु कल्याण निर्देशिका, वैंक मार्फत श्रमिकहरुको पारिश्रमिक भुुक्तानी, स्थानिय कर वृद्धि तथा भारतीय श्रमिकलाई सुुचिकृत गरे वापत रकम नेपाल सरकारलाई वुुझाउने रकम साथै उधोग नविकरण र विनादर्ता उधोग संचालन सहित १६ वटा विषयमा छलफल हुुने कोशी अन्चल ईट्टा व्यावसायी संघका अध्यक्ष महेन्द्र साहले वताए ।
महाधिवेशनको उद्घाटन गर्दै मुुख्यमन्त्री राईले सरकारले लगानी भित्रयाउने गरी नयाँ निति तथा कार्यक्रम ल्याउन लागेको वताए । उनले अव महगो होटलमा वसेर हैन जनताको घर आगनमा पुुगेर निति निमार्ण गर्नुु पर्ने उनको भनाई थियो । मुुख्यमन्त्री राईले एक नम्वर प्रदेशमा आर्थिक समवृद्धिको अभियान शुुरु भएको भन्दै जनतलाई मार्का पर्ने गरी कर निर्धारण गर्न नहुुने वताए । उनले उधोगी व्यवसायी विच सम्वन्ध थप सुुमधुुर वनाउन सरकार लागि परेको बताए ।
कार्यक्रममा उधोग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुुसैयतले मुुलुुकको अर्थतन्त्रमा ईट्टा उधोगीहरुको योगदान महत्वपुुर्ण रहेको वताए ।
उधोग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, श्रम विभागका महानिर्देशक रामप्रसाद भट्टराई तथा प्रदेश सांसद निलम वस्नेत तथा नेपाल ईट्टा उधोग महासंघका अध्यक्ष महेन्द्रवहादुुर चित्रकार अव सरकारको मुुख्य एजेन्डा आर्थिक समवृद्धिको हुुनुुपर्नेमा जोड दिए ।
महाधिवेशनमा एक अध्यक्ष सहित दुई उपाध्यक्ष, तीन सचिव कोषाध्यक्ष र प्रादेशिक संरचना अनुसार सातटा प्रदेशमध्ये ६ वटा प्रदेशमा संयोजक चयन हुने छ । यसैगरी महाधिवेशनवाट सात जना सदस्य निर्वाचन हुने र ५ जना मनोनित गर्ने व्यवस्था रहेको कोशी अन्चल ईट्टा व्यावसायी संघका अध्यक्ष साहले वताए ।
नेपालमा १ हजारभन्दा वढि ईट्टा उधोगहरु रहेका छन । त्यसमध्ये ८ सय उधोग संघमा दर्ता छन । मुलुुकभर २ लाख ४० हजार मजदुर उधोगमा कार्यरत रहेको र उधोगले वार्षिक सरकारलाई ७० करोड भन्दा वढि कर तिर्दै आएका छन ।
दुुई दिनसम्म चल्ने महाधिवेशनमा महासंघसंग आवद्ध ३६ जिल्लाका ४ सयभन्दा वढि प्रतिनिधिको सहभागिता रहेको छ ।