AArya
RUMPUM
animated ellipse animated ellipse

‘यौनकर्मी’ नल्याएको विवादमा हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७५, सोमबार ०७:३९
3
Shares
विराटनगर / विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।

हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।

प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर-१५ बाट पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन्। उनका अनुसार भट्राई र सहनीबीचको चिनजान पुरानै हो।

भट्राईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ। राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो। आजको अन्नपुर्ण पोष्टले यो खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर