पूर्वाञ्चल खबर
अधिकारको क्षेत्रमा काम गर्ने एक दर्जन संघ सस्थामा प्रतिनिधीले प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापन पत्र बुझाएका हुन । उनीहरुले एक १४ बर्षीया वालिका आफै जिल्ला प्रहरी कार्यालय गएर न्याय माङदा पनि उजुरी नै दर्ता गर्न नमान्नुले न्याय पाइन्छ भनेर पीडितले विश्वास गर्ने आधार नभएको बताएका छन् ।
पीडितलाई न्याय दिलाउन आइपर्ने कुनै कानुनी अनुसन्धान प्रक्रियागत बाधा अडेचन भए सम्बन्धीत निकायले परिमार्जन गर्नु पर्ने , र पीडितले न्याय माङन जादा प्रमाणमा आधारित अनुसन्धानलाई मात्रै राज्यले प्राथमिकता दिनुले राज्यप्रति कति विश्वसनिय हुने भन्ने गम्भीर प्रश्न भएको भन्दै ज्ञापन पत्र बुझाइएको ओरेक विराटनगर प्रमुख शोभा बजगाइले बताए । देशमा हरेक दिन औसत चार जना बलात्कारको शिकार हुनुपरेको र न्याय पनि पाउन मुस्किल हुने अवस्थाले चिन्तीत बनाएकोले मोरङको प्रहरी प्रशासनलाईं संबेदनशिल बनाउन ज्ञापन पत्र बुझाएको बजगाइले बताए ।