RUMPUM
animated ellipse animated ellipse

‘माइलो जुस’ खाँदा १५ जना विद्यार्थी विरामी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७५, शुक्रबार १८:४०
9
Shares
विराटनगर / विराटनगर ३ मा रहेको बुढानिलकण्ठ उच्च माविमा अध्ययरत विद्यार्थीहरुले नेस्ले कम्पनीको ‘माइलो जुस’ पिउँदा आज १५ जना विरामी परेका छन् । बिरामी विधार्थीहरु मध्ये ५ जनाको उपचारको क्रममा विराट नर्सिङ अस्पतालमा रहेका छन भने अन्य स्थानीय मेडिकलमा उपचार पश्चात घर फर्केको स्कूलले जनाएको छ ।

‘नेस्ले कम्पनीले नयाँ प्रोट्रक ‘माइलो जुस’ को बजार प्रर्बद्धन गर्न भन्दै स्कूलहरुमा जुस वितरण गरेका थिए,’ स्कूलका संचालक बुद्धिबहादुर प्रधानले भने, ‘करिब २ सय ८० विद्यार्थीले जुस पिए । खाएको केही बेरमा ८/१० जना विद्यार्थीले वान्ता गरेपछि वितरणमा रोक लगायौं,’ उनले भने ।

जुस पिएको केही बेरमा अन्य विद्यार्थीहरुको पनि पेट दुख्ने समस्या आएपछि थप समस्या हुन नदिन नजिकको हस्पिटलमा भर्ना गरिएको स्कूलका संचालक प्रधानले बताए । यसरी विरामी पर्नेमा कक्षा ६ मा अध्ययरत रोजेश परियार, कक्षा ६ का राजेश दास, कक्षा ३ की एन्जल साह, सोही कक्षाका अन्सु साह, कक्षा ६ का अजय रन्ज कर्ण विरामी भएपछि उपचारको लागि विराटनगर स्थित विराट अस्पतालमा भर्ना गरिएको स्कूलले जनाएको छ । भर्ना भएका विद्यार्थीहरुलाई चिकित्सवको निगरानीमा राखिएको छ । चिकित्सवको अनुसार जुस खादा फुटपैजन भएको कारणले यस्तो समस्या आएको बताएका छन् ।

प्रहरीले उक्त जुसको मार्केटिङ गर्ने कन्काई नगरपालिका वडा नं. २ का प्रदिप घिमिरे र विराटनगर महानगरपालिका वडा नं. ९ का महेन्द्रकुमार अग्रवाललाई पक्राउ गरिएको छ । को १ स ३५६ नम्बरको सिटि रिक्सा र सो सिटी रिक्सामा रहेको नेस्ले माइलो जुस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा पठाईएको मोरण् प्रहरीले जनाएको छ ।
नेस्ले कम्पनीको हालै बजारमा आएको नयाँ प्रोट्रक ‘माइलो जुस’ बजार प्रर्वद्धन गर्न

विराटनगरको स्कूलहरुमा निःशुल्क जुस वितरण गर्दै आएको छ । बजार प्रवद्र्धन गर्ने भन्दै देश दौडान हिडेका कम्पनीले निःशुल्क वितरण गर्ने जुस कम गुणस्तरको हुने भएकोले यस्तो समस्या आएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर