AArya
RUMPUM
animated ellipse animated ellipse

बालविवाह उन्मूलन तथा नियन्त्रण गर्ने उद्देश्यले पहिलो बालिका सम्मेलन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७५, बिहीबार २१:२६
3
Shares
विराटनगर / बालविवाह उन्मूलन तथा नियन्त्रण गर्ने उद्देश्यले विराटनगरमा भदौ १ गते देखि ३ दिनसम्म पहिलो बालिका सम्मेलन हुने भएको छ ।

सक्षम बालिका समृद्ध १ नम्बर प्रदेश भन्ने नाराका साथ सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने बालिका सम्मेलनमा १४ जिल्लाका १ सय ५० जना सरोकार राख्ने बालबालिका सहभागी हुनेछन् । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार बालिका सम्मेलनमा सहभागी १ सय ५० जनाले बालविवाह विरुद्धको अभियानमा प्रतिद्धता व्यक्त गर्ने, बालविवाह रोक्न आवश्यक योजना तर्जुमा गर्ने, नीतिगत तहमा रहेको जनप्रतिनिधिसँग समस्याबारे जानकारी दिने र जवाफ लिने, विराटनगर घोषणापत्र सार्वजनिक हुने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले विभिन्न निकायका प्रतिनिधिलाई आव्श्यकताका आधारमा सहभागी गराउने जानकारी गराए ।

सम्मेलनले बालविवाह साथै दाइजो प्रथा अन्त्यका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यकता अनुसार संशोधन एवं परिमार्जन गर्न पहल गर्ने, बालविवा हतथा दाइजोलाई प्रोत्साहन गर्ने प्रचलित सामाजिक सांस्कृतिक र परम्परागत मान्यतामा आधारित सोच अन्त्य गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

विराटनगरस्थित अतिथि सदनमा हुने कार्यक्रमलाई वल्र्डभिजन इन्टरनेसनल नेपाल, नारी विकास संघ र प्लान इन्टरनेशनल नेपाल÷फरेनले सहयोग गर्ने भएको छ । सम्मेलन सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मन्त्रालयको तर्फबाट कुनै पनि खर्च नहुने र साझेदार संस्था वल्र्डभिजन र प्लान इन्टरनेशनलले आर्थिक सहयोग गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर