AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नक्कली अाैषधि बेच्ने धराैटीमा छुटे, काराेवारी कारागार चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० श्रावण २०७५, बुधबार २२:१२
3
Shares
विराटनगर / औषधी पसलहरुमा नक्कली औषधीको बिक्री वितरण गर्ने धरान ४ का ३८ वर्षिय जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङले अग्रवाललाई बुधबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अन्य चार जना फार्मेसीका सञ्चालकहरु धरौटीमा छुटेका छन् ।

जिल्ला अदालतका न्यायधीश महेन्द्रप्रसाद पोखरेलेको आदेश अनुसार गोल्डेन फार्मेसीका संचालक पाण्डब राजवंशीलाई ३५ हजार, जिग्री फार्मेसीका संचालक नौसाद आलम, लङ्ग लाइफ फार्मेसीका सञ्चालक दिपक कुमार राय र माहुली फार्मेसीका सञ्चालक प्रशान्तकुमार चौधरीलाई जनही ४५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिएर औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पाँच जनामाथि मोरङ अदालतमा मंगलबार मुद्दा दर्ता गरेका थिए । बुधबार बयानपछिकाे थुनछेक बहसपछि आदेश भएको हो ।

औषधी व्यवस्था विभागले उनीहरुलाई औषधी ऐन २०३५ को दफा ३९(२) बमोजिम अवैध रुपमा बिना दर्ताको औषधी पैठारी, खरिद बिक्री वितरण तथा संचय अन्तर्गत मुद्दा दर्ता थियो ।

बादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला साहय न्याधिवक्ता रोहत पोखरेलले गरेका थिए । प्रतिवादीको तर्फबाट आधा दर्जन कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर