CLASSICTECH NET

प्रदेश सरकारको निर्णय प्रमुख जिल्ला अधिकारीले मानेनन्

खबर पूर्वाञ्चल, २४ श्रावण २०७५, बिहीबार २०:५८

विराटनगर / विश्व आदिवासी जनजाति दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले आज दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले अवज्ञा गरेका छन् ।

प्रदेश १ का १४ वटै जिल्लाका सिडिओहरूले प्रादेशिक सरकारले दिएको विदा अवज्ञा गर्दै कार्यालय खोलेका हुन् ।
आफूहरू केन्द्रको मातहत रहेको र संघीय सरकारले बिदाको स्वीकृति नदिएकाले कार्यालय खोलेको सिडिओहरूले जनाएका छन्। प्रदेश सरकारको निर्णय उल्लंघन नगरेको दाबी गर्दै उनीहरूले त्यसलाई ‘बाध्यात्मक’ भनेका छन्।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रादेशिक सरकारले दिएको बिदा उल्लंघन गरेकोमा सिडिओहरूमाथि आक्रोश पोखे । ‘संवैधानिक तथा कानुनी हैसियतप्राप्त सरकारले दिएको बिदा उल्लंघन भएको छ, यो प्रदेशमा बसेर म केन्द्रको निर्णय मान्छु, यहाँको निर्णय मान्दिनँ भन्नु आपत्तिजनक छ ।

मन्त्री कार्कीले सिडिओहरूलाई बिदाको निर्णय कार्यान्वयन गरिदिन अनुरोध गरेका थिए। सिडिओहरूको निर्णयसँगै प्रदेश सरकारको संवैधानिक कानुनी अधिकारमा चोट पुगेको उनले दाबी गरे।

प्रतिक्रियाहरु

  1. Amit लेख्नुहुन्छ

    Nepal Rastra Bank le pani manena

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५