RUMPUM
animated ellipse animated ellipse

एभरेष्टमा प्रतिष्पर्धात्मक विज्ञान सेमिनार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ श्रावण २०७५, बुधबार १८:४३
3
Shares
विराटनगर / विद्यार्थीलाई अध्ययनसँगै नविनतम खोजमा लाग्न उत्प्रेरीत गर्ने उदेश्यले एभरेष्ट सकेण्डरी स्कूलले प्रतिष्पर्धात्मक विज्ञान सेमिनार आयोजना गरेको छ ।

एभरेष्ट सेकेण्डरी स्कूल प्लस टु साइन्स एण्ड म्यानेजमेन्ट कक्षा ११ र १२ विद्यार्थी विच प्रतिस्पर्धा गराइएको हो ।

विभिन्न ८ वटा समूहले फरक फरक विषयमा अनुसन्धान र अध्ययन गरेर तयार पारेका विज्ञानसम्बन्धित सामाग्री प्रस्तुत गरेका छन् ।

‘द्याट वन सेल’, आर्टिफिसीयल इन्टिलिजेन्स’, ‘भर्चुअल रियालीटि’, ‘भेनम’, ‘पृथ्वी बारिहको जीवन’, ‘हाम्रो अर्को गन्तव्य मंगलग्रह’, ‘तारा’ र ‘प्रविधिको सिमितता’ जस्ता विषयमा विद्यार्थीहरुले आ–आफ्ना खोजलाई व्यवहारसँग तुलना गर्दै प्रस्तुत गरेका थिए ।

खोज अनुसन्धानको विकासबाट उत्कृष्टता हासिल गर्ने लक्ष्य लिएर अघि बढेको एभरेष्ट स्कुलले आफ्ना विद्यार्थीहरुलाई पनि विषयगत रुपमा खोजमा लाग्न उत्प्रेरणा जगाउन थालेको प्रिन्सिपल टिकाराम पुरीले बताए । ‘हामी हाम्रा उत्पादन देश समृद्ध बनाउने हरेक क्षेत्रमा दक्ष बनेर प्रस्तुत हुनुपर्छ ।’ उनले भने ।

कार्यक्रमपछि विद्यार्थीहरुले नविनतम खोजमा लाग्न उत्सुकता थपिएको प्रतिकृया दिएका छन् । कक्षा ११ का सास्वत काफ्लेले यसले थप उर्जा दिने बताए । अर्का विद्यार्थी इशान शर्माले अध्ययनसँग जोडिएका विषयको खोजि गर्दा व्यवहारमा समेत सहज हुने उनको भनाई छ ।

प्रतियोगितामा कक्षा ११ का आर्यन ढकाल, प्रतिक गेलाल, इबिसा दाहाल र रिचन काफ्लेको समूह विजेता बनेको विज्ञान संकायका को–अर्डिनेटर रिषभ पाण्डेले बताए । विजेताहरुलाई स्कुलको रजत जयन्तीका दिन प्रमाणपत्र प्रदान गरिने छ । विद्यार्थीहरुको शारिरिक हाउभाउ, विषयवस्तु र प्रस्तुतीकरणका आधारमा अकं दिइएको निर्णायक भुवन गौतमले बताए ।

विज्ञान जस्तै व्यवस्थापन संकायका विद्यार्थीहरुमा पनि २८ साउनमा प्रतिष्पर्धात्मक सेमिनार गरिने मा व्यवस्थापन संकायका को–अर्डिनेटर बिजय शर्मा पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर