पूर्वाञ्चल खबर
प्रदेश १ को आन्तरीक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक विदा दिएको जानकारी दिएको हो । मन्त्रालयले प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णय अनुसार उल्लेखित विदा दिने निर्णय भई सो को सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर,नेपाल, चैत्र २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ) मा प्रकाशित भएको समेत जानकारी दिएको छ ।
सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौं १० गते आइतबार रक्षाबन्धन, जनैपूर्णिमा, भदौ १८ गते सोमबार राधाकृष्ण रथयात्रामा ( मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते मंगलबार छठ पर्वमा सार्वजनिक विदा दिने जानकारी दिएको छ ।