पिकअप दुर्घटनामा २ जनाको मृत्यु, ११ घाइते

खबर पूर्वाञ्चल, १८ श्रावण २०७५, शुक्रबार २२:४०

विराटनगर/ मोरङको लेटाङ् नगरपालिका–१ स्थित कुईकुण्डा भन्ने स्थानमा आज यात्रुबहाक पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । मोरङको सिंहदेवीबाट लेटाङ बजारतर्फ आउँदै गरेको मे १ ज १११५ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा चौबिसे–८ की ५० वर्षीय चन्द्रमाया लिम्बू र भारत आसाम बस्ने २१ वर्षीय तपन ठकुरीको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि लेटाङ अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५