विराटनगरस्थित सम्पर्क कार्यालय हटाउने भनेर भारतले फेरि झुक्यायो

खबर पूर्वाञ्चल, १६ श्रावण २०७५, बुधबार २०:३८

विराटनगर / भारतले विराटनगरस्थित सम्पर्क कार्यालय आजदेखि बन्द गर्ने जनाएको भए पनि बन्द गरेको छैन् । उक्त सम्पर्क कार्यालय भारत सरकारले एक दशकदेखि अवैधानिक रूपमा विराटनगरमा सञ्चालन गरिरहेको छ ।

भारतले दूतावासको सम्पर्क कार्यालय अगस्ट १ देखि बन्द गर्ने भनेको सम्पर्क कार्यालय संचालन गरेर नेपाललाई फेरि झुक्याएको छ । काठमाडौंस्थित दूताबासबाटै सवै काम हुने जनाएको थियो । तर कार्यालय आज पनि संचालन भइरहेको छ ।

कार्यालयमा कर्मचारीको चहलपहल पहिले जस्तै छ । सेवा बन्द गरिएको कार्यालयमा राखिएको भारतीय झण्डा पनि हटाइएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सम्पर्क कार्यालय बन्द गर्ने सहमति भएको थियो । सप्तकोशीको बाँध फुटेपछि नेपाली गाडीलाई रुट अनुमति प्रदान गर्न स्थापना भएको सम्पर्क कार्यालय प्रयोजन सकिएपछि पनि अनावश्यक रुपमा बसिरेहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५