AArya
RUMPUM
animated ellipse animated ellipse

मानसिक रोगी किशोरीलाई यौन शोषण गर्न उक्साउनेलाई उच्च अदालतबाट पनि सजाय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ श्रावण २०७५, बुधबार १९:१३
3
Shares
विराटनगर / मानसिक रोगी किशोरीहरुलाई अपहरण गरि यौन शोषण गरेको र गराउन सघाएको आरोपमा कैद सजाय पाएका दुई जना अभियुक्त्तलार्य उच्च अदालतले पनि सजाय गरेको छ ।

तात्कालिन बिराटनगर २१ घर भै बिराटनगर १ नेता चौकमा घर भाडामा लिएर बस्दै आएका ५९ बर्षिय महाबिर शर्मा र मोरङ दर्बेसा ५ घर भै बिराटनगरका बिभिन्न स्थानमा घर भाडामा लिएर बस्दै आएकी २९ बर्षिया मिरा भन्ने सिता थापालाई मोरङ जिल्ला अदालतले गरेको कैद सजायको फैसलालाई उच्च अदालतले पनि सदर गर्दै सजाय गरेको हो ।

आज उच्च अदालतका न्यायधिश थिरबहादुर कार्की र जनक पाण्डेको संयक्त्त ईजलासले अभियुक्त्त शर्मा र थापाको हकमा जिल्ला अदालतले गरेको फैसला नै रितपुर्वकको भएकोले उल्टि गर्नु नपर्ने ठहर गरेको हो । उक्त्त मुद्दामा जिल्ला र उच्च दुवै तहको अदालतमा पिडित किशोरीको तर्फबाट सरकारी बकिल सहित अधिबक्त्ताहरु जगन फुँयाल र कबिता बस्नेतले बहस गरेका थिए ।

बिराटनगर १० मा स्थायी बासोवास भएकी १८ बर्षिया पिडित किशोरी मोरङ (थ१) ले दिएको किटानी जाहेरीको आधारमा मोरङ प्रहरीले सरकारी बकिलको कार्यालय मार्फत अभियुक्त्तहरुलाई पक्राउ गरेर ‘जर्बदस्ती करणी तथा मानव बेचबिखन, कसुर अपराधमा जिल्ला अदालत मोरंगमा मुद्दा दर्ता गराएको थियो ।

उक्त्त मुद्दामा मोरङ अदालतले ४ असार २०७३ मा अभियुक्त्त महाबिर शर्मालाई पाँच बर्ष र मिरा भन्ने सिता थापालाई १ बर्ष ४ महिना कैद सजाय सुनाएको थियो । तर जिल्ला अदालतको फैसलामा मागदाबी नपुगेको भन्दै बादीको तर्फबाट थप सजाय माग गर्दै सरकारी बकिलले र जिल्ला अदालतको फैसाला खारेजीको माग गर्दै प्रतिबादी महाबिर शर्माले उच्च अदालतमा निबेदन गरेका थिए ।

बिराटनगरका पुराना सभ्रान्त बर्गमा गनिने शर्माले सिँगो घर भाडामा लिएर मिरा भन्ने सिता थापा मार्फत बालिकाहरुलाई झुक्याएर आफुकहाँ ल्याउन लगाई नशालु पर्दाथ सेवन गराएर यौन शोषण गर्ने गरेका थिए । आफुले यौन शोषण गरेका किशोरीहरुलाई नग्न फोटो खिचेर बजारमा फैलाइदिने भन्दै त्रासमा पादै बन्धक पनि बनाउने गरेका थिए । पिडित मोरङ (थ१) नामकी किशोरीले किटानी जाहेरी दिएपछि प्रहरीले शर्मालाई नेता चौक स्थित भाडाको घरबाट यौन उत्तेजक औषधी , अश्लिल चलचित्रका सिडी र बिभिन्न मोबाईलहरु सहित नियन्त्रणमा लिएको थियो ।

विराटनगरमा कोठा भाडा लिएर बस्दै आएपनि पक्राउ पर्ने डरले भागेकी मिरा भन्ने सिता थापालाई चाँही प्रहरीले भारततर्फ भाग्ने क्रममा काकडभिट्टाबाट पक्राउ गरेको थियो । पति र दुई सन्तान भएपनि थापा घर परिवार छाडेर विदेश जाने बहानामा नेपालभित्रै बिभिन्न ठाउँमा बसी बेश्याबृत्ती गर्ने गराउने कार्यमा संलग्न रहेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर