AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डा. केसीको नाममा कांग्रेसको राजनीति – मन्त्री पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०७५, सोमबार २१:०९
3
Shares
विराटनगर / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीको अनशनको नाममा नेपाली कांग्रेसलाई राजनीतिकरण नगर्न सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान सरकार स्वास्थ्य शिक्षा अध्यादेशमा रहेका त्रुटी सच्चाईउन कटिवद्ध रहेको बताए ।
मन्त्री पोखरेलले शिक्षण अस्पताल खोल्न रोक लगाउनाले समस्याको समाधान नहुने भएकोले त्यसको निकास पनि दिनु पर्ने आवश्यक्ता औल्याउदै नेपाल सरकारको मापदण्ड पुरा गरेका शिक्षण अस्पताललाई सम्वन्धन दिनु पर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले विगतको सरकारले ल्याएको स्वास्थ्य अध्यादेशमा केही परिस्कृत गरी ल्याउन लागेको विधेयकलाइ संसदवाट छफलफल गरी पारित गर्नु नै लोकतान्त्रिक पद्धति भएको धारणा व्यक्त गरे ।

वर्तमान सरकारले ल्याउन लागेको विधेयकले स्वास्थ्य क्षेत्रमा देखिएको विकृती अन्त्य गर्ने विश्वास दिलाउदै उनले पचास शैया वरावर एक विद्यार्थीको वरावरको अध्यापन गर्ने स्वास्थ्य शिक्षण संस्थालाई पठनपाठन गर्न दिनुपर्ने बताए ।

मन्त्री पोखरेलले डा. केसीको जीवन रक्षाको लागि उपचार गर्न जुम्मावाट काठमाडौ ल्याएको प्रष्ट पार्दै यसलाई भ्रमपूण रुपमा जनताको सूचना प्रभाव गर्न प्रतिपक्षको लगत कार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर