अनुसन्धानमा विशेष दखल राख्ने विष्टको बढुवा

खबर पूर्वाञ्चल, ४ श्रावण २०७५, शुक्रबार २०:४५

विराटनगर / अपराध अनुसन्धानमा विशेष कौशल प्रदर्शन गरिरहेका प्रहरी हवल्दार भक्तबहादुर विष्टको बढुवा भएको छ ।

ठूला अपराधमा सुक्ष्म रुपमा अनुसन्धान गरी अपराधमा संलग्नलाई पक्राउ गर्न सफल हुने प्रहरी हवल्दार विष्टको असईमा बढुवा भएको हो । बढुवा भएका विष्टलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रम आयोजना गरि दर्जा चिन्ह प्रदान गरेको छ । विष्टलाई दर्जा चिन्ह जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले प्रदान गरे ।

प्रदेश नम्बर १ बाट हवल्दारबाट असईमा बढुवा हुने विष्ट मात्र हुन् । प्रहरी संगठनमा रहेर उत्कृष्ट काम गर्ने देशभरीमा गृह मन्त्रालयले ६ जना प्रहरीको मात्र बढुवा गरेको छ । जसमध्धे विष्ट उत्कृष्ट काम गर्ने प्रहरीको सूचिमा परी बढुवामा परेका हुन् ।

विष्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई पटक पुसिल अफ दी मन्थको उपाधीबाट सम्मानित भइसकेका छन् । अपराध अनुसन्धान सफल र उत्कृष्ट ढंगबाट गरेको भन्दै उनलाई गएको बैशाख महिनाको पुलिस अफ दी मन्थको उपाधीबाट सम्मान गरिएको थियो ।

ठूला अपराधमा सुक्ष्म रुपमा अनुसन्धान गरी अपराधमा संलग्नलाई पक्राउ गर्न मद्धत पुर्याएका कारण वर्षको पहिल्यै महिनाको उत्कृष्ट प्रहरीबाट तत्कालिन प्रदेश प्रहरी प्रमुख डीआईजी ज्ञानविक्रम शाहको पालामा सम्मानित भएका थिए ।

विष्टको सक्रियता र सफल अनुसन्धानकै कारण मोरङमा घट्ने अपराधमा संलग्नहरु चाँडो पक्राउ परिरहेका थिए । उनले पछिल्लो समय पूर्वमा भएका ठूला र जघन्य प्रकृतिका अपराधिक घटनाको सफल अनुसन्धान गरेका कारण उनी उच्च प्रहरी अधिकारीको नजरमा परेका थिए । पदीय हिसावले सानै जिम्मेवारीमा रहेका विष्टले गर्ने अनुसन्धान कुनै अनुभवी र अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी अधिकारी भन्दा कम नभएको प्रहरी अधिकारीहरु नै बताउने गरेका थिए ।

जघन्य प्रकृतिका अपराध कर्तब्य ज्यान, ठगी, गोली प्रहार, लुटपाट लगायतका घटनाको सफल अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले दुई पटक सम्माति भएका थिए ।

पछिल्लो समय मोरङमा हत्या, ठगी, गोली प्रहार, लुटपाट, चोरी, बम विष्फोटका घटना भएको थियो । जसमध्धे धार्मिक दंगा फैल्याउने हिसाबले हिन्दुधर्म गुरु श्रीनिवास आचार्यले आफैँलाई गोली हान्न लगाएको वास्तविकता पत्ता लगाएको श्रेय पनि विष्टलाई नै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५