AArya
RUMPUM
animated ellipse animated ellipse

चोरी हुन नदिन इनिस्पेक्ट निरौला आफै लागि परे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७५, बिहीबार १७:०८
3
Shares
विराटनगर / इलाका प्रहरी कार्यालय रानी विराटनगरले चोरी नियन्त्रण गर्न घरदैलो सचेतना अभियान सुरु गरेको छ ।

चोरी नियन्त्रण गर्न इप्रका रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौला आफै गाउँदेखि सहरी क्षेत्रको बस्तीहरुमा पुगेर सचेतना अभियान सुरु गरेका हुन् ।

आफनो घरको सुरक्षा दरिलो गर्नुपर्ने भन्दै सचेतना फैलाउदै अहिले आफनो युनिट अन्तर्गत पर्ने घरहरुमा निरौला पुग्ने गरेका छन् । विराटनगरको १६, १७ र १८ वडा तथा जहदा गाउँपालिकाको घरहरुमा पुगेर चोरी हुन नदिन सचेतना अभियान सुरु गरिसकेको इप्रका रानीका प्रमुख निरौलाले जानकारी दिए ।

‘पछिल्लो समय चोरी घटना लिएर प्रहरीमा उजुरी दिनेको संख्या बढ्न थाले,’ प्रहरी निरीक्षक निरौलाले भने, ‘चोरी हुन नदिन पहिले आफनो घरको सुरक्षा गर्नुपर्दछ । त्यसको लागि मानिसलाई सचेतना आवश्यक पर्ने भएको यो अभियान सुरु गरेको हौं ।’

पहिलो चरणमा बस्ती र गाउँहरुमा यो अभियान सुरु भएको छ । इप्रका रानी विराटनगरले २ सय ५० घरमा पुगेर चोरी नियन्त्रण गर्न सचेतना गरिएको निरौलाले बताए । सचेता अयिभानको क्रममा स्थानियबासीलाई चोरी हुन नदिन सुरक्षा व्यवस्था अपनाउनुपर्ने पुस्तिका समेत वितरण गर्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर