AArya
RUMPUM
animated ellipse animated ellipse

तस्करको गज्जबको जुक्ति, मलद्वार र जिब्रो मुनिबाट सुन तस्करी !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ श्रावण २०७५, बुधबार २०:२५
3
Shares
विराटनगर / अवैध सुन तस्करीमा प्रहरीले कडाइ गर्न थालेपछि तस्करहरुले नयाँ– नयाँ शैली अपनाउन थालेको पाइएको छ । सुन तस्करहरुले मलद्धावार जिव्रो मुनि सुन राखेर तस्करी गर्ने गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था केही कडाइ भएपछि बुधवारमात्र प्रहरीले सुन तस्करी गर्ने तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेहरुमा फैजन खान, मोहमद खासिफ र नाम नखुलेका अर्का एक जना रहेको प्रहरीले जनाएको छ । उनीहरु एयर अरबियाको विमानबाट नेपाल आएका थिए । उनीहरुको साथबाट प्रहरीले ५ सय ५९ ग्राम सुन बरामद गरेको हो ।

टाँकको बटम झै सुनको गोटी बनाएर जिव्रोमुनि लुकाइ तस्करी गर्ने गरेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । एसएसपी मैनालीले भने, ’सुन तस्करी भएको सुचना आयो र उनीहरुको चेक गर्दा मुखभित्र जिव्रोमा सुन लुकाएको भेटिएको हो । बरामद सुनको बजार मूल्य २७ लाख सात हजार रुपैयाँ पर्छ ।’

मंगलवार मात्र प्रहरीले विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई दाँतभित्र सुन लुकाएर ल्याउँदै गर्दा नियन्त्रणमा लिएको थियो । यसअघि मलद्वारामा राखेर र सुनलाई झोल बनाएर समेत तस्करी हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर