फोहाेर पानी साेझै खोलामा हालेको भन्दै क्वालिटी नुडल्स उद्याेगमा तालाबन्दी

खबर पूर्वाञ्चल, २९ असार २०७५, शुक्रबार ०८:२७

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – ५ हातिमुडामा रहेको क्वालिटी नुडल्सको चाउचाउ उद्योगमा स्थानियले अनिश्चित कालको लागि तालाबन्दी गरेका छन् ।

स्थानियसँग उद्योगले गरेको पाँच वुद्धे सम्झौता वर्षौ बितिसक्दा पनि कार्यन्वयन नगरेपछि बिहीबार अनिश्चितकालको लागि तालाबन्धी गरेका हुन् ।

उद्योग स्थापना हुनुभन्दा अगाडी सञ्चालक श्याम काबराको उपस्थीतिमा २०७३ पुस २२ गते तत्कालिन गाउँ बिकास सचिव हरीप्रसाद सुवेदीको रोबरमा स्थानियसँग सम्झौता भएको थियो ।

सम्झौता भएर लामो समय वितिसक्दा पनि उक्त उद्योगका सञ्चालकले स्थानियसँग गरेको लिखित सम्झौता कार्यन्वयन नगरेको भन्दै अनिश्चितकालिन तालाबन्धी गरेको स्थानिय लालबिर सरदारले बताए ।

उद्योगले स्थानियसँग प्रदुषणरहित उद्योग सञ्चालन गर्ने, उद्योगमा कामदार राख्नुपर्दा ९० प्रतिशत स्थानिय ठाउँका मानिसलाई प्राथामिकता दिने, उद्योगको प्रदुशित पानी प्रशोधन गरी मात्र बाहिर फाल्ने, गरिब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृक्ति प्रदान गर्ने, स्वास्थ्यमा आवश्यक सहयोग गर्ने, मनमोहन चोक बाट हातिमुडा साविक वडा नं। ४ सम्मका बाटो मर्मत गर्ने उद्योगको सञ्चालक काबराले लिखित सम्झौता गरेका थिए । तर हाल उद्योग सञ्चालन भएको लामो समयहुँदा हुदा पनि कुनै सम्झौता नगरेको भन्दै आक्रोशिक स्थानियले तालाबन्धी गरेका हुन् ।

‘स्थानियसँग गरेको सम्झौताको बारेमा व्यवस्थापक र सञ्चालकले हाम्रो मागको कुनै सुनवाइ गरेनन्,’ स्थानिय सरदारले भने, ‘बाध्य भएर तालाबन्धी गरेका हौं । उद्योगले बुढीगंगा गाउँपालिका भन्दा बाहिरको कामदार ल्याएर उद्योगबाट निस्केको फोहर पानी खोलामा हालेको छ ।’ उनले भने, ‘सम्झौता गर्दा फोहर पानी प्रशोषधन गरेर मात्र बाहिर फाल्छौं । अहिले उद्योगबाट निस्किेको पानी सिधै खुद्रा खोलामा हालेको छ ।’ उद्योगबाट निस्केको फोहर पानीले चौपायले खादा विरामी पर्नुको साथै यस क्षेत्रमा दुर्घन्ध फैलिएको स्थानियको भनाई छ ।

‘पटक पटक बार्ता बस्दा समेत उद्योगले स्थानियसँग गरेको सम्झौतको कुनै सुनवाइ गरेन,’ स्थानिय प्रकाश बुढाथोकीले भने, ‘बाध्य भएर अनिश्चितकालको लागि तालाबन्धी गरेका हौं । उद्योगले गरेको सम्झौता कार्यन्वयन गरेपछि मात्र तालाबन्धी खुल्नेछ ।’यता उद्योगका सञ्चालक काबरासँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । ठूलो संख्यामा भेला भएर बुढीगंगा गाउँपालिका स्थानियबासीले अनिश्चितकालिन तालाबन्धी गरेपछि उद्योगको गेटमा दिनभरी नाराबाजी समेत गरेका थिए । उनीहरुले स्थानियसँग गरेको सम्झौत तत्काल पुरा गर, उद्योगबाट निस्किेको फोहर पानी खोला हाल्न बन्द गर जस्तो नाराहरु लगाएर दिनभरी आन्दोलित भएका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.