पूर्वाञ्चल खबर
उपभोक्तावादी संस्था पब्लिक फोरम नेपालले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने हस्पिटललाई तत्काल छानविन गरि आवश्यक कारवाही गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले उजुरी अनुसन्धान गरि दोषी अस्पताललाई कारवाही गर्ने प्रतिवद्धता जनाएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।
विराटनगर अस्पताल चौकमा रहेको उक्त नीजि अस्पतलामा उपचार गराउन भर्ना भएकी बिरामी रुरुमाया मुगनलाई थप उपचारकालागि अन्यत्र रेफर गर्नुपर्ने भएपनि नगरि राखिएको थियो । अस्पतालमा कार्यरत चिकित्सकहरुले धरान रेफर गर्नुपर्ने बिरामीलाई अस्पतालमा जवर्जस्ती राखेर उपचारको बहाना बनाउनु गलत हुने भनेपछि अस्पतालको उक्त कर्तुत बाहिर आएको थियो ।
आफ्नोमा राखेर उपचार गराउनु पर्ने बिरामीलाई अन्यत्र रेफर गरेर घाटा पुरयाएको भन्दै सञ्जीवनी अस्पतालले कार्यरत डाक्टर आलोक रायलाई ५० हजार जरीवाना गराएको थियो । डाक्टर रायले आफुले उपचार गराउन नसक्ने र बिरामीलाई तुरुन्त विपी प्रतिष्ठान धरान लानुपर्ने बताएपनि अस्पतालले जवर्जस्ती गरेको थियो ।
पहिले नोवेल अस्पतालमा भर्ना गरिएकी बिरामी रुरुमाया मुगनलाई नोवेल अस्पतालले विपी प्रतिष्ठान धरान उपचारका लागि लैजान रेफर गरेको थियो । तर कमिसनको लोभमा परी एम्बुलेन्स चालकले बिरामीलाई सञ्जीवनी हस्पिटल पुर्याएका थिए ।
चार जना डाक्टरद्धारा राजिनामा, तीन महिनादेखि पाएनन् तलब

विना कारण कुनै स्पष्टिकरण नसोधि यस हस्पिटलमा कार्यरत डा. आलोक रायलाई अस्पताल व्यवस्थापकले हटाएपछि अन्य चिकित्सवहरुले पनि राजिनामा दिएका हुन् ।
राजिनामा दिने मडिकल अफिसियर डा. दिप्र लोहनी, सुजता चौधरी, राहुल चौधरी र राकेश बैठले असार २० गते सामुहिक राजिनामा दिएको बताइएको छ ।

हाल उक्त विवाद भने समाधान भइरहेको अस्पतालका संचालक प्रसाईले बताउँदै आएका छन् ।
व्यवस्थापक कर्णले डा. रायलाई असार १९ गते बेलुका ११ बजे हस्पिटलमा वर्ष ४७ को रुरु माया मुगनलाई विपी प्रतिष्ठानमा रिफर गरेपछि अस्पताललाई घाटा भएको भन्दै ५० हजार रुपैयाँ जरिवना गरि २० असारदेखि जागिरबाट हटाएको पत्र थमाएका थिए ।
त्यसपछि चिकित्सक रायले उक्त हस्पिटलले कुनै स्पष्टीकरण माग नगरी सिधै जरिमाना गरि जागिरबाट निकालेको भन्दै आवश्यक सहयोग माग्दै असार २१ गते नेपाल चिकित्सव संघ कोशी अञ्चल विराटनगरमा निवेदन दिएका थिए । उक्त निवेदन र अस्पतालले दिएको पत्र बाहिर आएपछि घटना अझै उत्कर्षमा पुगेको थियो ।
संजीवनि हस्पिटलमा चिकित्सवकै लगानी
११ जना संचालक रहेको संजीवनी अस्पतालमा डाक्टरहरुको पनि लगानी रहेको छ । जसमा डाक्टर प्रेरणा दाहाल, डा. अन्जु देव रहेका छन् । अन्य संचालकमा राजेश प्रसाई, ओम प्रसाई, विनय पन्त, विनायक पोखरेल, राज मण्डल, कमलेश कुमार कर्ण, सुरेन्द्र राय र पवन पराजुलीलगायत छन् ।
माफि मागे कार्यकारी निर्देशक कर्णले
