विराटनगर / पाँच पटकको विश्व विजेता ब्राजिलले दोश्रो गोल खाएको छ। आत्मघाती गोलका कारण एक गोलले पछि परेको ब्राजिलविरूद्ध बेल्जियमले अग्रतालाई दोब्बर पारेको छ ।
बेल्जियमका केभिन ब्रुएनीले ३१औँ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका हुन् । खेलको तेह्रौँ मिनेटमा पहिलो गोल ब्राजिलका फर्नान्डिनोको आत्मघाती गोलबाट भएको थियो । बेल्जियमले पाएको कर्नर फर्नान्डिनो बचाउन खोज्दा बलको दिशा आप्mनै पोष्टमा र्पुयाएका थिए । खेलमा फर्कन ब्राजिलले संघर्ष गरिरहेको छ।