AArya
RUMPUM
animated ellipse animated ellipse

आर्थिक विकास संघियता बलियो बनाउने आधार– नेता नेपाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०७५, शुक्रबार २०:५७
3
Shares
विराटनगर / नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले संघीयताले मुलुकलाई बलियो बनाउने बताउदै सबै क्षेत्रमा प्रतिस्पर्धा हुनु आवश्यक रहेको बताएका छन् । “आर्थिक विकासको मूल आधार, सहअस्तित्व उद्योग र व्यापार” प्रमुख नाराका साथ उद्योग संगठन मोरङले आयोजना गरेको पदस्थापन समारोह उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालले मेहनत गर्दा नहुने कुरा केही छैन भन्दै नेपाली संस्कारलाई जीवन्त राख्न असल संस्कारको विकास हुनु पर्ने बताए । उनले सबै क्षेत्रमा कुशल नेतृत्वको आवश्यकता रहेको प्रसंग उल्लेख गर्दै कुशल नेतृत्वविना मुलुकको विकास गर्न गाह्रो पर्ने बताए । विराटनगर विकासमा पछि परेको प्रसंग उल्लेख गर्दै बरिष्ठ नेता नेपालले उद्योग र उद्यमशीलताको विकास गरेर मुलुकको कांचुली फेर्न सकिने बताए ।

बैदेशिक लगानीलाई प्रोत्साहित गरी राष्ट्रिय पूंजीलाई परिचालित गरेर मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राख्दै बरिष्ठ नेता नेपालले हाम्रो काम, व्यवहार परिणाममुखी हुनुपर्ने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आन्तरिक खपत र निर्यात बढाउने उद्योगको विकास गर्न उद्योगीहरुलाई आग्रह गरे । उनले श्रमिक मैत्री उद्योगी भावनाबाट आएर सरकारले उद्योगीहरुलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उद्योग व्यासायीको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छन् भन्दै मन्त्री पण्डितले विराटनगर महानगरपालिकाको चौतर्फी विकास गर्न थप बजेट विनियोजन हुने विश्वास समेत दिलाए ।

प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्यमशीलता र रोजगारी सृजना गरेर मात्र समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिने भएकोले यसतर्फ सबैको ध्यान जानु जरुरी भएको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रशस्त रोजगार प्रदान गर्ने विराटनगर जुट मिल जस्ता अन्य बन्द उद्योग सञ्चालन हुनु पर्नेमा जोड दिए ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुशिल धनावतलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर