पूर्वाञ्चल खबर
क्वार्टरफाइनलको पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच बीच हनेछ भने अन्तिम खेल रसिया र क्रोएसियाको खेल शनिबार हुनेछ ।

शुक्रबारै दिनको दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुँदैछ ।
प्रिक्वार्टर फाइनलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने बेल्जियमले एसियाली टोली जापानको चुनौती ३–२ गोलले पन्छेउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
शनिबारको पहिलो खेल १९६६ को विश्वविजेता इंग्ल्याण्ड र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गदै क्वार्टर फाइनल पुगेको हो भने स्विडेनले स्विट्जरल्याण्डलाई १–० गोलले पराजित गरि क्वाटरफाइनलमा २४ वर्षपछि प्रवेश गगरेको हो ।
त्यस्तै शनिबारै हुने अन्तिम क्वार्टर फाइनलमा खेल आयोजक रसिया र १९९८ विश्वकपको पहिलो सहभागिमै सेमिफाइनलमा पुगेको क्रोएशियाबीच हुनेछ । रसियाले २०१०को विश्वविजेता स्पेनलाई पेनाल्टी सुटआउट ४–३ को गोल अन्तरले स्तब्ध पारेर क्वार्टर फाइनल पुगेको थियो भने क्रोएशियाले डेनमार्कलाई पेनाल्टी सुटआउट ३–२ को गोल अन्तरले पराजित गरेको हो ।