AArya
RUMPUM
animated ellipse animated ellipse

मलेसियामा २ सय बढी नेपाली पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०७५, शुक्रबार ०७:३६
3
Shares
काठमाडौं / मलेसिया सरकारले विनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीसहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको छ ।

‘ओपी मेगा–३’ नाम दिइएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ परिसकेका छन् । यसरी पक्राउ पर्ने २ सय नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ । आजको कारोबार दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर