पूर्वाञ्चल खबर
सहकारी संस्थाले विराछनगरका अभय राई, उर्लाबारीकी ज्याती चौहान र इलामाका भीम चापागाईलाई सहकारी संस्थाको स्थापना दिवस पारेर सम्मान गर्न लागेको हो ।
राईलाई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशी २१ हजार रुपैया“ छ । यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुइटेल, मोहन मानन्धर र उद्धव घिमिरे पुरस्कृत भैसकेका छन् ।
यस्तै चौहान मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सम्मानित हुने भएकी छिन् । यस पुरस्कारको राशी नगद १० हजार छ । यस अघि पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई र बिनु तिम्सिना पुरस्कृत भैसकेका छन् ।
यस्तै चापागाईले यसैवर्षदेखि दिने घोषणा गरेको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । समाजसेवी दिनवन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको यो पुरस्कारको राशी ३१ हजार नगद छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले तीन लाखको अक्षयकोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई सम्मान गरिने जनाइएको छ ।
अन्य दुई पुरस्कार चाहिं मोरङ जिल्लामा कार्यक्षेत्र भएका पत्रकारलाई मात्र सम्मान गरिने छ । जसमा मीनादेवी महिला पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गरिने छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले तीनै पुरस्कारको घोषणा गरेको हो । तीनै वटा पुरस्कार संस्थाको सातौ स्थापना दिवसको अवसरमा यही २०७५ असार २७ गते प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।