सुवेसिक नायक हुँदा पेनाल्टी सुटआउटमा डेनमार्कलाई पराजित गर्दै क्रोएसिया अन्तिम आठमा

खबर पूर्वाञ्चल, १८ असार २०७५, सोमबार ०४:०२

विराटनगर / क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिच नायक बन्दा डेनमार्कलाई जेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया अन्तिम आडठमा प्रवेश गरेको छ । क्रोएसियाका गोलरक्षक ड्यानिजेले पेनाल्टी सुटआउटमा डेनमार्कका तीन प्रहार बचाएपछि क्रोएसियाका विश्वकपको अन्तिम आठमा प्रवेश गरेको हो ।

आज विहान भएको खेलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले पराजित गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल एक एकको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा डेनमार्कका क्रिस्टियन एरिक्सेन,लासे स्वन र निकोलाइ जर्गेनसेनको प्रहार क्रोएसियाका गोलरक्षक सुबासिचले बचाएका थिए भने सिमोन र माइकल क्रोन डेलीले गोलको पाष्टमा छिरेको थियो । क्रेएसियाका आन्द्रेज रेमारिच, लुका मोड्रिच र इभान रेकिटिचको प्रहार पाष्टमा छिरेको थयो भने मिलन बाडेल र जोसिप पिभारिचले गोल गर्न सकेनन् ।

खेलको पहिलो मिनेटमा डेनमार्कका थोमस डिलानीको पासमा म्याथिस ओर्गेन्सनले उत्कृष्ट गोल गर्दा डेनमार्कले बलियो क्रोएसियामाथि खेलको पहिलो मिनेटमै अग्रता बनाएको थियो । डेनमार्कले गोल गरेलगत्तै आक्रामक बनेको क्रोएसियाले खेलको चौथौ मिनेटमै बराबरी गोल फर्कायो । त्यसको जवाफ क्रोएसियाका मारियो मान्डजुकिचले डि बक्सभित्रबाट प्रहार गरेको बललाई गोल पोष्टको जाली चुमाएर दिएका थिए । अतिरिक्त समयमा क्रोएसियाले पेनाल्टी पायो, जसलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेलले उत्कृष्ट बचाउ गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म धकेलिदिएका थिए ।

क्रोएसियाले कवाटरफाइनमा आयोजक रसियासँग प्रतिस्पर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५