पूर्वाञ्चल खबर

निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछी खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टी सुटआउटमा स्पेनका लागि आन्द्रेस इनिस्टा, जेरार्ड पिके र सर्जियो रामोसले गोल गर भने कोके र इस्पासका प्रहारलाई रसियाका गोलकिपरले बचाए ।
रसियाका स्मोलोभ, सेर्जेइ इंग्नासेभिच, गोलोभिन र चेरिसेभको गोल गरेका थिए ।
खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १–० ले अग्रता लिने अवसर पायो ।
रसियालाई खेलमा फर्किन ४१ औ मिनेटको रसियाका आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गर्दै १–१ को अवस्थामा पुग्यो । स्पेनका जेरार्ड पिकेले आफ्नै डिबक्सभित्र हेड गर्ने क्रममा हालले बल छोएपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए ।