पूर्वाञ्चल खबर
३२ देशबीच भएको विश्वकपको समूह चरणको प्रतिष्पर्धाबाट १६ देश नकआउट चरणमा छनौट भएका छन् । क्वाटरफाइनल प्रवेशकालागि आज ४ देश प्रतिष्पर्धामा उत्रिँदैछन् ।
नेपाली समय अनुसार बेलुका पौने ८ बजे अर्जेेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । अर्जेन्टिना समूह डीको उपविजेता हो भने फ्रान्स समूह सीको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
त्यस्तै नेपाली समय अनुसार राति ११ः४५ बजे उरुग्वे र पोर्चुगलबीचको प्रतिस्पर्धा हुने छ ।