पूर्वाञ्चल खबर
पाणीनी गुरुकुलमा आज आयोजित कार्यक्रममा विराटनगरका १०८ ब्राह्मणहरुलाई भोजन गराएको हो । हिन्दु धर्म ,संस्कारमा ब्राह्मण भोजन,नवकन्याहरुको पँुजालाई महत्वकारुपमा लिइन्छ । उक्त कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ब्राह्मणहरुलाई दहि,चिउरा वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे । मेयर पराजुलीले धर्म,संस्कृतिको संरक्षण र आपसी मित्रताका लागि गरिएको ब्राह्मण भोजन कार्यक्रमको प्रशंसासमेत गरे ।
परिषदका अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगरका ब्राह्मणहरुलाई धार्मिक पुस्तकहरु समेत वितरण गरिएको थियो ।