पूर्वाञ्चल खबर
३२ देश छनोट भएर विश्वकप खेल्न रसिया पुगेका थिए जसलाई फिफाले ८ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहबाट दुई–दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । अब अन्तिम १६ का खेलहरु शनिबार रातिबाट सुरु हुँनेछ ।
अन्तिम १६ मा युरोपबाट १० टिम पुग्न सफल भए । यस्तै दक्षिण अमेरिकाबाट ४ टिमले नकआउट चरणमा स्थान पक्का गरे। उत्तर अमेरिकाबाट १ र एसियाबाट १ टिम अन्तिम १६ मा पुगे । अफ्रिकाबाट भने कुनैपनि टिम अन्तिम १६ मा पुग्न सकेनन् ।
अन्तिम १६ मा पुगेका टिम
रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जे्न्टिना, ब्राजिल, स्विटजरल्यान्ड, स्विडेन, मेक्सिको, बेल्जियम, इंग्ल्याण्ड, कोलम्बिया र जापान
बाहिरिएका टिम
साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, कोस्टारिका, सर्विया, जर्मनी, दक्षिण कोरिया, पानामा, ट्युनिसिया, सेनेगल र पोल्याण्ड
नकआउट चरणमा को–को भिड्ने भए ?
प्री–क्वार्टरफाइनलको पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हनेछ भने अन्तिम खेल कोलम्बिया र इंग्ल्याण्डको हुनेछ ।
शनिबार
फ्रान्स भर्सेज अर्नेन्टिना ७ बजेर ४५ मिनेट
उरुग्वे भर्सेज पोर्चुगल– ११ बजेर ४५ मिनेट
आइतबार
स्पेन भर्सेज रसिया –७ बजेर ४५ मिनेट
क्रोएसिया भर्सेज डेनर्माक –११ बजेर ४५ मिनेट
सोमबार
ब्राजिल भर्सेज मेक्सिको –७ बजेर ४५ मिनेट
बेल्जियम भर्सेज जापान –११ बजेर ४५ मिनेट
मंगलबार
स्वीडेन भर्सेज स्वीट्जरल्याण्ड–७ बजेर ४५ मिनेट
कोलम्बिया भर्सेज इग्ल्याण्ड –११ बजेर ४५ मिनेट