पूर्वाञ्चल खबर
यसै समूहमा रहेका अष्ट्रेलिया र पेरु भने पहिलो चरणबाटै बाहिरिएका छन् । आजै भएको खेलमा पेरुले अष्ट्रेलियालाई २–० को गोल अन्तरले पराजित गरि सान्तवना जित हात पार्दै घर फर्कियो ।
पेरुलाई सान्त्वना जित दिलाउन १८ औं मिनेटमा एन्ड्रे क्यारिलो र ५० औं मिनेटमा पाउलो गुरेरोले गोल गरे ।
यी दुई देशले नकआउट चरणमा समूह डी को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। समूह डी को अन्तिम खेल आजै हुन लागेको छ।