पूर्वाञ्चल खबर
प्रतिस्पर्धामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्ने प्रतियोगीताको फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन, उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिकचईसको टाईटल पनि प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपमा आकृती कुँवर घोसित भईन उनले ट्यालेन्ट शोमा प्रस्तुत गरेको नृत्यले बेस्ट ट्यालेन्टको उपाधीसमेत हात पारिन्, र थर्ड रनरअप रक्षा भुजेल घोसित भईन, उनले उपाधी सहित बेस्ट पर्सानालिटी अवार्ड पनि प्राप्त गरिन भने बेस्ट फिगर तथा मस्ट पपुलरको ताज कृजु महर्जनले हातपारिन् ।
त्यस्तै अन्य बिभिन्न विधामा प्रतिस्प्रधीहरुले सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट फोटोजेनिक अवार्ड बर्षा महर्जन, बेस्ट डिसिप्लिन सुजता थापा, बेस्ट स्माईल स्मृति बोहरा, बेस्ट हेयर अस्मिता तामाङ, बेस्ट कम्प्लेक्सनमिना पुन, बेस्ट स्किन कंचनयादव, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस सैयम श्रेष्ठ, मस्ट पंचल साईना तमाङ,मस्ट चार्मिङ टिनेमा लिम्बु, मस्ट स्मार्ट अलिशा राई, मस्ट एक्टिभ सबिता पोखरेल, मस्ट ईन्टेलिजिन्ट मेरिना लिम्बुले हात पारे ।
प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आईडल बिजेता सुनिशा बिष्ट, नायिका तथ ामोडल सुष्मा अधिकारी, चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल, आरजे भिजे तथा कोरियो ग्राफर कला सुब्बा निर्णायक रहेका थिए ।