पूर्वाञ्चल खबर
गए राती सम्पन्न खेलमा स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको हो । त्यही समयमा भएको खेलमा इरानले पोर्चुगलसँग बराबरी खेलेको थियो र र यदि स्पेन हारेको भए अप त्यासित रुपमा समूह चरणबाटै बाहिरिने खतरा थियो ।तर, आसपासको गोलले बचाएको छ ।
स्पेन दुई पटक पछाडि परेको थियो। दुई पटक पछि परेको अवस्थाबाट कमब्याक गर्दै उसले बराबरी खेलेको हो । मोरक्कोका लागि खेलको १४ औँ मिनेटमा खालिद बाउतिवले अग्रता दिलाए । जसको जवाफमा त्यसको पाँचौ मिनेट पछी स्पेनका इस्कोले बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमा सकिएको खेलको ८१ औँ मिनेटमा मोरक्कोका युसेफ अल नेसरीले गोल गरे । जसको बराबरीमा स्पेनका आएगो असपासले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूह बीमा रहेको स्पेन र पोर्चुगलको समान ४–४ अंक भएको थियो । तर, गोल अन्तरका आधारमा स्पेन समूह विजेता बन्दा पोर्चगल उपविजेता बन्यो । समूह चरणमा पाँच अंक जोडेको स्पेन गोलका आधारमा समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अब स्पेनले नकआउट चरणमा आयोजक रसियासँग खेल्दा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।