ट्युनिसियामाथि बेल्जियमको सानदार जितसँगै नकआउट चरणमा प्रवेश

खबर पूर्वाञ्चल, ९ असार २०७५, शनिबार २०:१९

विराटनगर / विश्वकप फुटबल–२०१८ मा बेल्जियमले सानदार जित हात पार्दै नकआउट चरण पुगेको छ । आज भएको समूह ’जी’ को खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमको जितमा इडन हजार्ड र रोमेलु लुकाकुको दुई–दुई गोल तथा बाट्सुयायी एक गोल गरे । पराजित भएसँगै ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ ।

बेल्जियमले छैटौं मिनेटमा नै कप्तान हाजार्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । १० मिनेटपछि लुकाकुले गोल थपे । तर, त्यसको दुई मिनेटपछि नै ट्युनेनियाले गोल फर्कायो । ब्रोनले १८ औं मिनेटमा हेड गोल गर्दै २–१ को स्थितिमा ल्याए ।

पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि २ गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा पनि बेल्जियम हाबी भयो । ५१ औं हिनेटमा हाजार्डले अर्को गोल थप्दै खेललाई ४–१ को अन्तरमा र्पुयाए ।

अतिरिक्त खेलाडी बाट्सुयायीले ९० औं मिनेटमा बेल्जियमका लागि अर्को गोल गरे । तर, ट्युनिसयाले हार भने मानेन । इन्जुरी टाइममा ट्युनिसियाका खाजरीले गोल गर्दा खेल ५–२ मा टुंग्याए । ७ गोल भएको यो खेल जारी विश्वकपमा सवैभन्दा बढी गोल भएको खेल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५